कुपन्डोलस्थित बागमती किनारमा पुरुषको शव भेटियो


काठमाडौँ।

ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक पुरुषको शव भेटिएको छ।

आज बिहान ८ बजे ललितपुर महानगरपालिका–१ को वडा कार्यालयनजिक बागमती किनारमा अन्दाजी ४०/४२ वर्षका पुरुषको शव भेटिएको हो।

शव घोप्टो परेको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि अस्पताल लाने तयारी भइरहेको छ।

अहिलेसम्म शवको पहिचान खुलेको छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।