प्रचुर सम्भावनायुक्त बाजुरा जिल्ला मानव सूचकाङ्कमा अहिले पनि देशकै ७७ औं स्थानमा छ। बाजुरालाई भित्री आँखाबाट हेर्ने र बुुझ्ने भन्दा पनि बाहिरी आँखीझ्यालबाट चिहाउने धेरै भएर होला, यहाँको सम्भावनामा गहन अध्ययन विश्लेषण गरिँदैन। यहाँको समस्या गरिबी र पछौटेपन होइन। जड समस्या भनेको राज्यको बाजुराप्रति हेर्ने दृष्टिकोण फरक, उचित लगानीको कमी, समृद्धिका पूर्वाधारको पहिचान गर्न नसक्नु, युवा विदेश पलायन र विकासमा अपनत्व नहुनुु नै हो।
तथापि बाजुरेली नागरिकको जनमतलाई कदर गर्दै यस जिल्लाबाट निर्वाचित संघीय सांसद बद्रीप्रसाद पाण्डे पछिल्लो समयमा नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पदको महत्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ । सिंगो बाजुरा जिल्ला यति बेला लोकतान्त्रिक राज्यसत्ताको पहुँचमा पुुगेको महसुस भएको छ । यसर्थ उहाँको पार्टी नेपाली कांग्रेस तथा नेपाल सरकारलाई बाजुरेली नागरिक धन्यवाद दिन चाहन्छौं ।
तपाईं (बद्रीप्रसाद पाण्डे) बाजुराबाट समानुपातिक कोटामा पर्दा वा निवार्चित सांसद भइरहँदा जिल्लाको लागि काम गर्न कि त राज्यको कार्यकारी पदमा हुनुपर्दो रहेछ, कि त ब्युरोक्र्याट्स (कर्मचारी) को पहुँचमा हुनुपर्दो रहेछ भन्नुहुन्थ्यो । विगतको अनुुभवले तपाईंलार्ई त्यो महसुस गराएकै छ । यति बेला देशका दुुई ठूूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर राज्यसत्ताको मुख्य बागडोर सम्हालेका छन् । विश्व राजनीतिमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष मिलेर सरकार चलाएको विरलै भेटिन्छ । सरकार उथलपुथलका सन्दर्भमा नेपालमा जे पनि हुन सक्छ भन्ने दृष्टान्त नै बनेको छ । सत्ता र प्रतिपक्षको हैसियत राख्ने दुुवै दल मिलेर दुुई तिहाइ बहुमतसहित सत्तारोहणमा छ । यसले के संकेत गर्छ भने, अब दुुई–तीन वर्ष सरकार परिवर्तन हुँदैन कि भन्ने राम्रो सन्देश पनि दिएको छ । त्यसैले विगतझैँ अल्पमत, बहुमतले काम गर्न दिएन भन्ने झन्झट पनि छैन। तसर्थ क्याबिनेट मन्त्रीले काम गर्न पाएनौं भन्ने अब छुुट पनि नहोला । पार्टीको पनि सह–महामन्त्रीजस्तो जिम्मेवार पदमा हुनुहुन्छ।
नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री नियुक्त हुनुुभएका पाण्डे बाजुराको विकट हिमालीको फैतीमा जन्मेर नेपालको भूूराजनीतिक दृश्य÷परिदृश्यलार्ई राम्ररी केलाउनुभएको छ । विकास के हो, के होइन ? भन्ने हेक्का पनि भएको एक दूरदराजको भुक्तभोगी नागरिकको हैसियतले देशमा समृद्धि कसरी ल्याउन सकिन्छ भन्ने पनि तपाईंलाई अवगत नै छ । नेपालको समृद्धि संस्कार–संस्कृतिको जगेर्ना र पर्यटन प्रवद्र्धन तथा आन्तरिक उत्पादन नै प्रमुख आधार हो । यस सन्दर्भमा सिंगो देशको पर्यटन पवद्र्धन तथा बाजुरा विकासको लागि उपयुक्त मन्त्रालयको जिम्मेवारी सम्हाल्नुुभएको छ ।
प्रसंग बडिमालिका बाजुराको । तत्कालीन जिल्ला न्यायाधीश डा. राजेन्द्रप्रसाद आचार्यले भन्नुुभएको थियो, ‘बाजुराको बडिमालिका क्षेत्रलाई मात्र धार्मिक पर्यटन संरक्षित क्षेत्र कायम गर्न सक्यो भने यहाँका नागरिकले मालिकाको फेदीमा बसेर धूप, नैवेद्य र दहीको गिलास बेचेर पनि लाखौं रुपियाँ कमाउन सक्छन् तर विकासमा नेताको दूरदृष्टि चाहिन्छ ।’ हो, उहाँले भनेजस्तै सिंगो देशले पर्यटन प्रवद्र्धनको नारा बोकिरहेको बेला बाजुरामा पनि बडिमालिका, बूढीनन्दा र माथिको रानीसैनलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न न्यूनतम नीतिगत व्यवस्थाको शुरुवात गर्न तपाईंकै पालामा सम्भव छ । विकासका भोका बाजुरेली नागरिकका लागि यहाँको प्रतिनिधिले क्याबिनेट मन्त्री पाउँदा केही आश जागेको छ, पावर पोलिटिक्समा त्यो स्वाभाविक पनि हो ।
बडिमालिकालाई नै किन धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरी दिगो विकासको खाका तयार गरिनुपर्छ भन्ने सन्दर्भमा म केही दृष्टिकोण राख्न चाहन्छु । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा अवस्थित बडिमालिका धार्मिक एवं पर्यटकीय दृष्टिले अत्यन्त मनोरम छ । पौराणिक कालदेखि मल्लिकागिरि पर्वत (बडिमालिका) अनि त्यस क्षेत्रका २२ पाटन त्रिवेणी नाटेश्वरीमा पाइला टेक्ने जो कोही यस पुण्य भूमिलाई धर्तीको स्वर्गले उपमा दिएर फर्किन्छन् । प्रत्येक वर्षको भाद्र शुक्ल त्रयोदशीदेखि जनैपूर्णमासम्म औपाचरिक मेला लाग्ने गर्दछ । यो वर्षको बडिमालिका मेला यही साउन २८ गतेदेखि आरम्भ हुँदै छ । अब बाह्रैमास बडिमालिका दर्शन खुला गर्नुपर्छ, वर्षा याममा अनमोल प्राकृतिक छटा र हिउँदको हिउँ चिप्लेटी खेल्ने प्रमुख गन्तव्यका साथ संरक्षित क्षेत्र बनाउनुुपर्छ ।
नेविसंघका केन्द्रीय सदस्य एवं त्रिवेणी नगरपालिकाका स्थानीय युवा भरतबहादुर बुढा भन्नुुहुन्छ, ‘बाजुरासँग हीरा छ तर देशकै सबैभन्दा गरिब जिल्ला कहलिएको छ ।’ उहाँको यो मार्मिक भनाइले बाजुरा पर्याप्त सम्भावनाको खानी हो । बडिमालिकाजस्तो सुन्दर एवं पवित्र भूमि संसारका अरु देशसँग हुँदो हो त सिंगो देशले आर्थिक तथा पर्यटकीय क्षेत्रमा नयाँ आयाम थप्नेमा दुईमत थिएन । हाम्रो बडिमालिकामा के छैन र ? रंगीचंगी फूल फुलेका, जता हे¥यो मनै प्रफुल्ल हुने हरियाली फाँटहरु छन् । बडिमालिका क्षेत्रमा पर्ने सोतापाटन, घोडापाटन, भितोचिन्ना, बूढीमाईको थान, त्रिवेणी, दौडाई लाग्ने पाटन, लौरीविनायक, बडिमालिका थानलगायत सबै २२ पाटनका कुनामा सयौं थरीका जडीबुटीजन्य फूलले ढाकिएको दृश्य देख्दा स्वर्गीय आनन्दको अनुभूति हुन्छ ।
विद्यार्थी नेता बुढा बडिमालिका टिपोट डायरी पल्टाउँदै भन्नुुहुन्छ, ‘यहाँ बहुमूल्य तर लोपोन्मुख मधुजडी, धूपजडी, पदचाल्नुु, बायोजडी, निनाइजडी, भूतकेश, पाँचऔँले, सुनपाती, चिराइतो, पाखनवेद, काउलो, चुत्रो, पावन काउलो, रातो च्याउ, अल्लो, कटुकी, सुगन्धवाल, चिराइतो, कुरिलो, गुच्ची च्याउ, पदमचाल, विषजरा, वनलसुन, जटामसीलगायत दर्जनौं प्रजातिका जडीबुटी यहाँ पाइन्छन् ।’ औषधीय गुण भएका यी जडीबुटीहरु बहुमूल्य हुन्छन् ।
यस क्षेत्रमा ब्रह्मकमल, जोगीफूल, टुकीफूल, बुकीफूल, सुनफूल, जाई, जुई, चमेली, सुनजाई, इन्द्रकमल, सेतो गुराँस, चिमालोलगायत सयभन्दा बढी प्रजातिका दुर्लभ फूलहरु पनि पाइन्छन् । यी नानाथरीका औषधिजन्य बहुमूल्य चिज सिरानीमा लुकेका छन्, हामी अस्पतालमा सिटामोल पाएनौँ भनेर कराउँछौं । हामीसँग नीति, विधि र प्रविधिको खाँचो छ । यो क्षेत्रमा पाइने जीवजन्तु र वनस्पतिहरु लोप हुँदै जानुको मुख्य कारण संरक्षणको अभाव नै हो । तसर्थ बहुमूल्य जडीबुटी बचाउन बडिमालिका संरक्षित क्षेत्र आवश्यक छ ।
यो क्षेत्रमा विभिन्न जिल्लाबाट चराउन ल्याइएका घोडा, खच्चड, चौँरी, भेडा, च्याङ्ग्रालगायतका पशु चौपायाहरु वैशाखदेखि असोजसम्म छाडारुपमा चराउने चलन छ । ठूलो संख्यामा भेडा–च्याङ्ग्राले लामो समय चरिचरन गर्दा पनि यहाँको जैविक विविधता नोक्सान भइरहेको छ। चोरी सिकार, जथाभावी जडीबुटी संकलन मात्रै होइन, वर्षको ६ महिनासम्म १०–१५ हजार संख्यामा भेडाबाख्रा त्यहीँ हुन्छन्। सयौंको संख्यामा घोडा, भैँसीहरु पनि छाडा छोड्ने गरिएको छ। सरकारको उपस्थिति शून्य छ। अछाम, बाजुरा, कालिकोट, जुम्ला, हुम्ला, मुगुलगायतका जिल्लाबाट ठूलो संख्यामा भेडा–च्याङ्ग्रा त्यहाँ चराउन ल्याउनाले बडिमालिकाजस्तो अनुपम जलवायु र जैविक विविधता भएको क्षेत्रको पर्यावरणीय विनाश भइरहेको छ। अब यसको संरक्षणका लागि राज्य र सरोकारवालाले सोच्नुपर्ने समय आएको छ ।
सिंगो देशले पर्यटन प्रवर्द्धनको नारा बोकिरहेको बेला बाजुरामा पनि बडिमालिका, बूढीनन्दा र माथिको रानीसैनलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न न्यूनतम नीतिगत व्यवस्थाको शुरुवात गर्न तपाईंकै पालामा सम्भव छ । विकासका भोका बाजुरेली नागरिकका लागि यहाँको प्रतिनिधिले क्याबिनेट मन्त्री पाउँदा केही आश जागेको छ, पावर पोलिटिक्समा त्यो स्वाभाविक पनि हो ।
चार हजार मिटरभन्दा माथि सयौँ प्रजातिका वनस्पति भेटिनु भनेको दुर्लभ प्राकृतिक अवस्था हो । यहाँ पाइने कतिपय वनस्पति र जीवजन्तु इन्डेमिक (यो ठाउँबाहेक अन्त नपाइने खालका) प्रजातिका हुने भएकाले यहाँबाट लोप भएमा संसारबाट सदाका लागि हराउने खतरा हुन्छ । त्यसैले सरकारले जैविक विविधता जोगाउने सवालमा जंगल, सिमसारलाई मात्रै प्राथमिकतामा राखेको छ । यस्ता घाँसे मैदानहरुमा भेटिने पारिस्थितिकीय प्रणाली जोगाउन सकिएन भने भविष्यमा ठूलो पछुतो हुनेछ । बडिमालिकाको जैविक विविधता र पर्यावरण अब सकिने अवस्थामा पुग्दै छ । थुप्रै प्रजातिका प्राणी र वनस्पति लोप भइसकेकोले सरकारले यो क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेर काम अगाडि बढाउन सकेन भने यहाँको पर्यावरणीय अस्तित्व नै समाप्त हुनेवाला छ । बडिमालिका बाजुराको मात्रै नभएर धार्मिक, सांस्कृतिक, पौराणिक र अद्वितीय पारिस्थितिकीय प्रणालीका दृष्टिकोणले राष्ट्रकै सम्पत्ति भएकोले यसको संरक्षणमा सरकारले ठोस नीति ल्याउनै पर्छ ।
भौगोलिक विकटता र विकासको गतिले पछाडि परेको यो क्षेत्रमा सरकारी, गैरसरकारी निकायसहित पर्यटन बोर्ड र स्थानीय निकायको पहलमा विकासका पूर्वाधार सञ्चार, बिजुली, यातायात, केबलकारको व्यवस्था गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बन्ने थियो । साथै ठूलो आर्थिक उन्नतिसहित रोजगारीका अवसरहरु सिर्जना हुने थियो । खप्तड, रामारोशन, बडिमालिका, रानीसैन, बूढीनन्दा, त्रिवेणी धाम, नाट्येश्वरी, खप्तड छेडेदहलाई रारा, कैलाश मानसरोवरजस्ता ऐतिहासिक स्थलसँग जोड्न सके बाजुरामा आन्तरिक तथा बाह्य धार्मिक पर्यटनको अधिकतम सम्भावना छ।
बडिमालिका यात्रा थप सहज गर्न बडिमालिका नगरपालिकाको वडा नं. ९ कफल्टामा एयरपोर्टको सम्भाव्यता अध्ययन गरी संरचना तयार गर्नुपर्ने देखिन्छ । त्यस्तै बूढाकोर्ध–बडिमालिका केबुलकार निर्माण गरी सञ्चालन गर्न सके बडिमालिका त्रिवेणीलगायत २२ पाटन अवलोकन गर्न थप सहज हुने बडिमालिका नगरपालिकाका पूर्वमेयर पदम बडुवालको भनाइ छ । यस कार्यबाट देशको आर्थिक सम्मृद्धि हुनेमा दुईमत छैन।
तसर्थ सरकारले बडिमालिका संरक्षित क्षेत्र घोषणा गरी नीतिगत तथा भौतिक पूर्वाधार खडा गर्न तत्काल डीपीआर तयार गरेर कार्यान्वयनमा लागिहाल्नुपर्छ । बहुसरोकारको यो कार्यसम्पादन गर्न स्थानीय बासिन्दा एवं नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेकै पालामा सम्भव छ ।
प्रतिक्रिया