बाघको आक्रमणबाट एक जना घाइते


चितवन ।

भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा मर्निङवाक गरेको एक व्यक्तिलाई बाघले आक्रमण गरेको छ।

आइतबार बिहान पैदल हिँडेका भरतपुर–२ बेलटाँडी बस्ने ६० वर्षीय पशुपति श्रेष्ठलाई एक्कासि बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ। बाघको आक्रमणबाट घाइते भएको श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको मुख र हातमा चोट लागेको बताइएको छ।