१३औं संस्करणको लिटील आईडल हुने


काठमाडौं ।

प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टको आयोजनामा यस वर्ष पनि बालिकाहरुको प्रतिभामूलक प्रतियोगिता लिटिल आइडल २०२४ हुने भएको छ।

आयोजकले जमलस्थित सांस्कृतिक संस्थानमा पत्रकार सम्मेलन गर्दै शैक्षिक कोर्षमा नसमेटिएका तर विद्यार्थीका लागि आवश्यक विषयबारे ज्ञान दिने उद्देश्यले १३औं संस्करणको प्रतियोगिता गर्न लागेको जानकारी गराए।

प्रतियोगितामा सहभागी हुन आवेदन दिनेमध्ये बढीमा ७० जना छात्रालाई अन्तिम प्रतिष्पर्धामा सहभागी गराइने र अन्तिम प्रतिष्पर्धाका लागि छनोट भएका प्रतियोगीलाई आगामी भदौ १ गतेदेखी प्रशिक्षण गराई २२ गते अन्तिम प्रतिष्पर्धा गराइने आयोजकले जानकारी गराएका छन्।

प्रतियोगिताका शीर्ष उपाधि विजेतास“गै फस्ट र सेकेन्ड रनर्सअपलाई एक/एक वर्षको छात्रवृत्ति तथा क्रमशः ३०, २० र १० हजार रुपैया“ पुरस्कार प्रदान गरिने पनि आयोजकले जानकारी गराएका छन्। त्यसैगरी मिस ट्यालेन्ट उपाधि विजेतालाई पनि एक वर्षको छात्रवृत्ति प्रदान गरिने छ।

प्रतियोगीहरुलाई कोरियोग्राफर रोजिन शाक्यले तीन साता प्रशिक्षण दिनेछन् भने अन्य विभिन्न विधाका विज्ञबाट समेत प्रशिक्षण दिइने छ।