आज सार्वजनिक बिदा


काठमाडौं ।

गृह मन्त्रालयले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदाको घोषणा गरेको छ। मच्छिन्द्रनाथको भोटो देखाउने दिन आज परेकाले सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो। 

‘गत वर्ष माघ २९ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरिएको सन्दर्भमा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराउँदछौं’ –गृह मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ ।