एड सिरन : जसको २० युरोको एल्बम ५८ हजारभन्दा बढी बिक्री भयो


-एड सिरन चर्चित बेलायती गायक, गीतकार तथा संगीतकार हुन्। संसारभर सबैभन्दा धेरै गीत संगीतको बिक्री हुने गायकमध्ये पर्ने उनको पूरा नाम एडवर्ड क्रिस्टोफर सिरन हो। ३३ वर्षीय सिरनले जीवनको मध्य चरणमा नै सर्वाधिक सफलता चाख्न पाए।

-उनले चार वर्षको उमेरमै चर्चमा गीत गाउन शुरू गरेका थिए भने ११ वर्षमा गीतार बजाउन सिकेका थिए। उनलाई पहिलो गीतार उनका काकाले दिएको उपहार थियो।

-इग्ल्याडमा जन्मिएका उनी सन् २००८ मा आफ्नो सांगीतिक क्यारियर पछ्याउन लन्डन गएका थिए।

-एडको पहिलो सोलो गीत द ए टिम थियो। रिलिजको पहिलो हप्तामा ५८ हजारभन्दा बढी प्रतिबिक्री भएको सो एलबमको लागानी केबल २० युरो थियो। सो गीत युके सोलो चार्टमा तेस्रो नम्बरमा परेको थियो।

-सन् २०१२ मा एडले सर्वश्रेष्ठ ब्रिटिस पुरुष एकल कलाकार र सफल वर्ष कलाकारको अवार्ड चुमेका थिए।

-उनको चर्चित गीत सेप अफ यू सर्वाधिक बढी बिक्री भएको एकल गीतको लिस्टमा पर्छ।

-उनको पहिलो एल्बम एड सिरन सन् २००६ मा रिलिज भएको थियो।

-उनको दोस्रो एकल गीत यू निड मी, आई डोन्ट निड यू सन् २०११ मा रिलिज भएको थियो। सो गीत युके सिंगल चार्टको चौंथो नम्बरमा परेको थियो।

-एडलार्ई १५ वर्षको उमेरमा राष्ट्रिय युवा संगीत थिएटरमा समावेश गरिएको थियो।

-उनी बिरालोप्रेमी हुन्। उनीसंग बेलिनी नामको बिरालो छ।

-उनले थुप्रै टेलिभिजन शो तथा फिल्ममा केमियो रोल निर्वाह गरेका छन्।