काठमाडौंबाट वीरगन्ज जाँदै गरेको सुमो दुर्घटना हुँदा १० जना घाइते, ३ जनाकाे अवस्था गम्भीर


मकवानपुर ।

मकवानपुरको सिस्नेरीमा टाटा सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

शनिबार बिहान काठमाडौंबाट वीरगन्जको जाँदै गरेको धेश प्रदेश ०३(००१ ज ०३६२ नम्बरको सुमो आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएकाे छ ।

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी बजार नजिकै सुमो दुर्घटना भएको हो । घाइते सबैलाई उपचारको लागी काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएकाे छ ।