एमाले नेता मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा वृक्षारोपण कार्यक्रम 


काठमाडौँ  ।

नेकपा एमालेका लोकप्रिय नेता मदन भण्डारीको ७३ औँजन्मजयन्तीको अवसरमा वृक्षारोपण कार्यक्रम गरिएको छ  । 

एमालेका लोकप्रिय नेता भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा नेपाल खेलकुद महासंघ काठमाडौँ जिल्ला कमिटीले शनिबार बिहान ७ बजे स्वयम्भू क्षेत्रमा वृहत् वृक्षारोपण कार्यक्रम गरेको हो ।  

 उक्त कार्यक्रममा एमालेका नेता कर्णबहादुर थापा, काठमाडौँ महानगरपालिकाका पूर्व मेयर विद्या सुन्दर शाक्य, पूर्व प्रदेश सांसद राजेश शाक्य लगाएले स्वयम्भू परिसरमा वृक्षारोपण  गरेका थिए । 

कार्यक्रममा नेपाल खेलकुद महासंघ काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष राजेश्वरमान स्थापित, सुरेन्द्रकुमार दाहाल, लगायतले वृक्षारोपणको महत्त्वकोबारे प्रकाश पारेका थिए  ।