पोखरा उडेको बुद्धकाे जहाज काठमाडौं फिर्ता

7.6k
Shares

काठमाडौं ।

काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता भएको छ ।

जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज फर्किएर काठमाडौंमा अवतरण गरेको हो ।

काठमाडौंबाट पोखरा उडेको उडान नं ६५५ कल साइन ९ एन–एएमडीमा प्राविधिक समस्या देखिएको बुद्ध एयरले जनाएको छ । यात्रु र जहाज केही क्षति छैन ।