‘रावायण’ को टिजर सार्वजनिक, एक्सन अवतारमा पल


काठमाडौँ । 

निर्देशक सुदर्शन थापाको नयाँ फिल्म ‘रावायण’ को टिजर सार्वजनिक गरिएको छ ।  

संवादविहीन टिजर एक्शनले भरिएको छ । दोहोरो भूमिकामा रहेका पल शाह एक्सन फिल्ममा एक्सन अवतारमा रहेको टिजरबाट बुझ्न सकिन्छ । पल एउटा भूमिकामा लामो दाह्री-जुँगा र कपालमा देखिएका छन् भने अर्को भूमिकामा ‘क्लिनसेभ’ मा देखिएका छन् । फिल्ममा प्रमोद अग्रहरी, प्रकाश शाह र प्रदीप ढकाल नकारात्मक भूमिकामा रहेका छन् ।

त्यस्तै फिल्ममा अभिनेत्री पूजा शर्मा पत्रकारको भूमिकामा रहेकी छन् । अभिनेत्रीद्वय प्रियंका कार्की र नीकिता चाण्डकलाई पनि टिजरमा देख्न सकिन्छ । 

त्यस्तै फिल्ममा कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, रोजिता पराजुली लगायतको पनि अभिनय रहेको छ । त्यस्तै फिल्म ‘रावायण’मा शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, निरज सिंह, रेवन आरती सिंहको संगीत र रामजी लामिछानेको कोरियोग्राफी एवं श्री श्रेष्ठको द्वन्द्व छ । फिल्म आगामी भदौ २१ गतेबाट फिल्म प्रदर्शनमा आउँदैछ ।