सवारी दुर्घटनामा तीन जनाको मृत्यु

2.6k
Shares

काठमाडौं ।

कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीस्थित सडकमा से।३प ५९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक शुक्लाफाँटा नगरपालिका-३ जोनापुर बस्ने ३२ वर्षीय खुसीराम चौधरीको मृत्यु भएको छ ।

बिहीबार राति भएको उक्त दुर्घनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

बारा, आदर्श कोतवाल गाउँपालिका-६ लौकाहा चोकस्थित सडकमा सिम्रौनगढबाट रौतहटतर्फ जाँदै गरेको ना ४६ प ६२७१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-३ भटिनिया बस्ने ७२ वर्षीया पनौती देवीको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरी, ईटहरी उपमहानगरपालिका-६ बिरेन्द्र चोकस्थित सडकमा प्रदेश १-०२-००१ ख ९२९४ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूषको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बि।पि।कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।