सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ किनबेच ?


काठमाडौँ।

नेपाली बजारमा शुक्रबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। आज सुनको भाउ प्रतितोला करिब डेढ लाख रूपैयाँ पुगेको छ।

लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि गत साउन २ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

उक्त दिन सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख ४९ हजार नौ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा भने सुनको भाउ प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।

शुक्रबार चाँदीको मूल्य भने घटेको छ।आज चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।