नवनियुक्त तीन प्रदेश प्रमुखहरुले लिए शपथ


काठमाडौँ ।

नवनियुक्त तीन प्रदेश प्रमुखले शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार शीतल निवासमा आयोजित कार्यक्रममा प्रदेश प्रमुखमा नियुक्त बागमती प्रदेशका दीपक प्रसाद देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्ति मगर र कर्णालीका यज्ञराज जोशीलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।

तिनै जनालाई राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा बुधबार प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश, सभामुख लगातयत उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।