एमालेको सचिवालय बैठक सुरु


काठमाडौँ।

नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। हनुमानथानस्थित होटल बसेरमा केहीबेरअघि बैठक सुरु भएको हो।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पुगेपछि बैठक सुरु भएको उनको सचिवालयले जनाएको छ।

यसअघि एमालेले सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमै गर्ने गरेको थियो। तर, च्यासलस्थित पार्टी कार्यालय डुबानमा परेपछि बिहीबारको बैठक होटल बसेरामा बोलाइएको हो।

बिहीबारको बैठकमा केन्द्रीय नेताहरूको कार्यविभाजन सम्बन्धमा निर्णय हुने बताइएको छ।

गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो।