रहेनन् शास्त्रीय संगीतका गुरु कामत


काठमाडौं ।

शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको ६९ वर्षको उमेरमा निधन भएको छ। सिरहास्थित आफ्नै घरमा उनको आज बिहान निधन भएको हो।

उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए। उपचारका लागि आर्थिक संकट भएपछि कामत एक महिनाअघि मात्र काठमाडौंबाट सिराहा फर्किएका थिए।

उनले पछिल्ला ४० वर्ष देखि निरन्तर काठमाडौंमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए। उनको २०१२ साउन १७ गते सिराहाको पोखरभिण्डामा जन्म भएको थियो।