पूजाको रावायणमा पलको लुक्स


काठमाडौं ।

आगामी भदौ २१ गतेबाट रिलिज हुने फिल्म रावायणको फस्टलुक सार्वजनिक गरिएको छ। फस्ट लुकमा फिल्मका नायक पल शाहलाई सोलोरूपमा फिचर्ड गरिएको छ।

फस्ट लुक्समा पलललाई दाह्रीजुँगासहित केही रिसाएको भावमा प्रस्तुत गरिएको छ। फस्टलुक्सले फिल्ममा रहेको पलको चरित्रप्रति कौतूहलता जन्माएको छ।

सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा नायिका पूजा र्शमाद्वारा निर्मित फिल्ममा पल शाहका साथमा पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाललगायत कलाकारले अभिनय गरेका छन्।

सुशन पाठक कार्यकारी निर्माता रहेको फिल्ममा शिवम् अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द रचना, निरज सिंह र रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला र सोनु कक्करको स्वर, विक्रम स्वाँर र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, सौरभ लामाको छायांकन, समीर मियाँको भीएफएक्स, मिलन श्रेष्ठको सम्पादन र राजेन्द्र मोक्तानको कलर रहेको छ।