भिडियोमा सान्नानी


जर्जियामा भएको वर्ल्ड राइजिङ स्टार २०२४ का उपाधि विजेता लोयाङ शेर्पाको स्वरमा सान्नानी बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको छ।

दशौं डीएसए सिङ्गिङ स्टारसमेत रहेका लोयाङले गाएको गीतमा एरिक विश्वकर्माको शब्द रचना र संगीत तथा विराज गौतमको एरेन्जमेन्ट रहेको छ।

रसिकराजको निर्देशन रहेको गीतको भिडियोमा नवौं डीएसए प्री–टीन डान्सिङ स्टार प्रिन्सु रेग्मी, नवौं डीएसए डान्सिङ स्टार युनासिंह ठकुरी, दशौं डीएसए जुनियर डान्सिङ स्टार बाटिका बिजुक्क्षे, दशौं डीएसए मिनि डान्सिङ स्टार दिव्या नेपाली, बाह्रौं डीएसए प्री–टिन डान्सिङ स्टार सिम्रिका श्रेष्ठ र लोयाङ फिचर्ड छन्। भिडियोमा अनिशा खत्रीको कोरियोग्राफी, र विकास सिटौलाको छायांकन रहेको छ।

परिवर्तन इभेन्ट हाउसको युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियोमा सो संस्थाले डीएसए स्टारका विजेतालाई भिडियोमा अभिनय र गायनको अवसर दिलाइएको हो।