काठमाडौंमा छिमेकीबीच विवाद : खुकुरी प्रहार गरी एक मृत्यु ६ जना घाइते


काठमाडौं ।

छिमेकी–छिमेकीबीच विवादका क्रममा खुकुरी प्रहार हुँदा काठमाडौं महानगरपालिका वडा नम्बर १७ पोडेटोलमा एकजनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा ३३ वर्षीय अनिल पुजारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न चार पुरुष र तीन महिला गरी सात जनालाई नियन्त्रणमा लिएको प्रहरी वृत सोह्रखुट्टेमा राखिएको प्रहरीले जनाएको छ ।