साउन १७ गते बिहीबार, यस्ताे छ तपाईँको राशिफल


मेष: दिन शुभ भएकाले सानै मेहनतमा पैसा प्राप्ति, मान–सम्मान, काम सफल हुनेछ ।

वृष: दिन शुभ छैन । धननाश, मानसिक तनाव, व्यर्थको खर्च, व्यापारमा बाधा होला ।

मिथुन: दिन बलवान् छ । उपहार मिल्ने, व्यापार, ठेक्कामा सफलता, आर्थिक लाभ होला ।

कर्कट: दिन अशुभ भएकाले चोटपटकको डर, पढाइमा असफलता हुन सक्ने देखिन्छ ।

सिंह: दिन शुभ फलदायक छ । सुख–शान्ति, धनलाभ, उत्तम भोजन प्राप्ति होला ।

कन्या: थोरै मेहनतमा कार्यसिद्धि, विविध वस्तु वा सेवा प्राप्ति, शारीरिक स्वस्थता हुनेछ ।

तुला: राज्यबाट तनाव, इज्जतमा धक्का, पढाइ वा काममा बाधा नहोला भन्न सकिन्न ।

वृश्चिक: सजग हुनुहोस् । काममा व्यवधान, धन र समयको नोक्सानी हुन सक्छ ।

धनु: शुभ समयले गर्दा समस्या समाधान, यश–कीर्ति बढ्ने, वाहन–सुख, धनलाभ होला ।

मकर: पढाइ, प्रतियोगिता, मुद्दामामिला आदिमा विजय, लाभको सम्भावना देखिन्छ ।

कुम्भ: समय त्यति शुभ छैन । कार्यनाश, स्वास्थ्य बाधा, पारिवारिक विवाद, चिन्ता हुन सक्छ ।

मीन: आफन्तमा विवाद, दिनचर्या अस्तव्यस्त, झुटो आरोप लाग्न सक्ने हुँदा सजग रहनुस् ।