अफ्रिकी मूलका पहिलो अमेरिकी राष्ट्रपति

आफ्नै आत्मकथाका लागि दुईपटक ग्रामी पुरस्कार जितेका बराक ओबामा

0
Shares

आइरिस आमा र केन्याली बाबुका छोरा बराक ओबामा अफ्रिकी मूलका पहिलो अमेरिकी राष्ट्रपति हुन् ।

हवाईको होनोलुलुमा सन् १९६१ अगस्ट ४ मा जन्मेका डेमोक्रेटिक उम्मेद्वार ओबामा सन् २००८ को निर्वाचनमा रिपब्लिकन उम्मेदवार जोन म्याक्कनलाई हराएर अमेरिकाको ४४ औं राष्ट्रपति बनेका हुन् ।

सन् २००९ देखि २०१७ सम्म दुई कार्यकाल राष्ट्रपति बनेका ओबामाले पहिलो कार्यकालको शुरूमै अर्थात् सन् २००९ मै अन्तर्राष्ट्रिय कूटनीति र सहयोगका लागि नोबेल शान्ति पुरस्कार पाएका थिए भने त्यसअघि नै उनले आफ्नो आत्मकथा ‘ड्रिम फ्रम माई फादर’का लागि सन् २००६ मा र ‘दि अडासिटी अफ होप’का लागि सन् २००८ मा ग्रामी पुरस्कार पाइसकेका थिए ।

सन् २०२२ मा उनको अर्को पुस्तक ‘अ प्रोमिस्ड ल्यान्ड’का लागि उनी ग्रामी पुरस्कारका लागि मनोनयनमा परेका थिए ।
राष्ट्रपति कार्यकालका केही प्रमुख उपलब्धि
स्वास्थ्य सेवा सुधार: लाखौं अमेरिकीलाई स्वास्थ्य बिमा उपलब्ध गराउने गरी ‘अर्फोडेबल केयर एक्ट’ अर्थात् ओबामा केयर पारित ।
विदेश नीति: ओसामा बिन लादेनको हत्या, इरानसँगको आणविक सम्झौता र क्युवासँगको सम्बन्ध पुनस्र्थापना ।
सामाजिक न्याय: लैंगिक तथा यौनिक अल्पसंख्यक अधिकार, आप्रवासी सुधार र आपराधिक न्याय सुधारमा महत्वपूर्ण कदम ।
बक्स
ओबामा फाउन्डेसन: ओबामा र उनकी पत्नी मिसेलले स्थापना गरेको ओबामा फाउन्डेसनले नागरिक संलग्नता र नेतृत्व विकासमा काम गर्दछ ।
हाइअर ग्राउन्ड प्रोडक्सन्स: नेटफ्लिक्ससँग सम्झौता गरी चलचित्र र टेलिभिजन सामग्री उत्पादन गर्ने हाइअर ग्राउन्ड प्रोडक्सनको स्थापना ।
उत्प्रेरणा जगाउन लेखन र भाषण: सामाजिक, राजनीतिक एवं सांस्कृतिक क्षेत्रमा सकारात्मक परिवर्तनका लागि उत्प्रेरित गर्नेखालका विभिन्न पुस्तक लेख्नुका साथै सार्वजनिक भाषण दिने कार्यमा सक्रिय ।