जनचेतनामुलक पाठ्य सामाग्री २०८१ हस्तान्तरण एवं सम्झौता कार्यक्रम सम्पन्न

140
Shares


काठमाडाैं ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेको प्रमुख आतिथ्यतामा ‘जनचेतनामुलक पाठ्य सामाग्री २०८१ हस्तान्तरण एवं सम्झौता कार्यक्रम’ सम्पन्न भएको छ ।

विद्यालय स्तरका बाल-बालिकालाई लागू औषध दुर्व्यसनी, साईवर अपराध, विद्यालय स्तरमा हुने यौन हिंसा तथा यौन जन्य अपराध, सवारी दुर्घटना, चोरी लगायत बिभिन्न समाजिक विकृति विसंगतिबाट वचाउन एवं विद्यालयमा शिक्षक वर्ग मार्फत विद्यार्थी एवं अभिभावकहरुलाई सचेतना अभिवृद्धी गरी अपराध न्यूनिकरण एवं नियन्त्रण गर्ने प्रमुख लक्ष्यका साथ उक्त कार्यक्रम गरिएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंबाट जनचेतनामूलक पाठ्यसामाग्री तयार गरी तारकेश्वर नगरपालिका र जिल्ला प्रहरी परिसर काठमाडौंको साझेदारीमा तारकेश्वर नगरपालिका भित्रका सम्पूर्ण सार्वजानिक नीजि तथा संस्थागत विद्यालय प्रधानाध्यपकहरुसंग अनिवार्य पठन पाठन हुने गरी जनचेतनामूलक पाठ्यसामाग्री हस्तान्तरण तथा सम्झौता कार्यक्रम तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनको अध्यक्षतामा उक्त कार्यक्रम गरिएकाे हाे ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा, तारकेश्वर नगरपालिकाको उप-प्रमुख सिर्जना बुर्लाकोटी, काठमाडौं जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी)नबराज अधिकारी विद्यालयका प्रधानाध्यापकहरु , स्थानिय जनप्रतिनिधीहरु लगाएतको उपस्थित रहेको थियो ।