राष्ट्रपति पौडेलद्वारा तीन प्रदेश प्रमुख नियुक्त

588
Shares

काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नियुक्त गरेको शीतलनिवासले जनाएको छ।

बाग्मतीमा कैलालीका दीपकप्रसाद देवकोटा, लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा बझाङका यज्ञराज जोशी नियुक्त भएका छन् ।