समस्या देखिएपछि जनकपुरमै रोकियो यतीको जहाज

4.3k
Shares

काठमाडौं ।

जनकपुरधामबाट काठमाडौँका लागि उड्न लागेको यती एयरलाइन्सको जहाजमा समस्या देखिएपछि विमानस्थलमै रोकिएको छ। प्राविधिक समस्या देखिएपछि काठमाडौँका लागि उड्न लागेको यति एयरलाइन्सको जहाज जनकपुर विमानस्थलमै रोकिएको हो।

काठमाडौँबाट उडेको यती एयरलाइन्सको ९ एन–एएमएन जहाज जनकपुर विमानस्थलमा अवतरण गरेर पार्किङमा पुगेपछि प्राविधिक समस्या देखिएको थियो।

यती एयरलाइन्स जनकपुरका स्टेशन म्यानेजर राजेश सिंहले जहाजमा प्राविधिक समस्या देखिएपछि विमानस्थलमा रोकिएको बताए। उनले इन्डिकेसन समस्या देखिएपछि उडान रोकिएको जानकारी दिए ।