सुर्खेतका लागि उडेको सेनाको हेलिकप्टर लेकबेसीमा आकस्मिक अवतरण

3.2k
Shares

काठमाडौं ।

मौसम खराबीका कारण डोल्पाबाट सुर्खेतका लागि उडेको नेपाली सेनाको हेलिकप्टर लेकबेसीको पुरानो घाटमा आकस्मिक अवतरण गरेको छ ।

डोल्पाबाट विरामी उद्दार गरेर सुर्खेत विमानस्थल ल्याउँदै गर्दा वीचममै मौसम प्रतिकुल बनेपछि पूर्वी सुर्खेतको लेकबेसी नगरपालिका–६, पुरानो घाटको खेतमा सेनाको हेलिकप्टरले आकस्मिक अवतरण गर्नुका पररेका हो ।

एनए–जीरोसिक्ससिक्छ (9 N06) नम्वरको सेनाको हेलिकप्टरले डोल्पाबाट लेक लागेर विरामी भएका सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक नरबहादुर विसीलाई उद्दार गरेर सुर्खेत विमानस्थलमा ल्याउँदै गर्दा मौसम प्रतिकुल बनेपछि लेखबेसीको खेतमा फोर्स ल्याण्डिङ्ग गर्नु परेको जनाइएको छ ।