मिनभवन क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपी १७ वर्षपछि पक्राउ

3.29k
Shares

काठमाडौं ।
मिनभवन कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न आरोपी १७ वर्षपछि पक्राउ परेका छन्।

मिनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक विष्टको हत्यामा संलग्न भएको आरोप रन्जन खड्कालाई बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

यस घटनामा यसअघि विनोद थापा र सबिता थापा अधिकारीलाई पक्राउ गरेको थियो । विष्टको २०६४ असार २६ गते शंखमुलमा निर्घात कुटपिटबाट मृत्यु भएको थियो।

सबिता गत चैतमा पक्राउ परेकी थिइन्। विनोद भने १० वर्ष जेल बसेर २०७९ सालमा छुटेका थिए। रन्जन लामो समयदेखि भारतमा लुकेर बस्दै आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए।