हमासका शीर्ष नेता हानिया इरानमा मारिए


काठमाडौं ।

हमासका शीर्ष नेता इस्माइल हानियाको हत्या भएको छ। हमासले एक विज्ञप्ति जारी गर्दै तेहरानस्थित हानियाको तेहरानस्थित आवासमा एक आक्रमणमा मृत्यु भएको बताएको छ। यस आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । तर यस आक्रमणमा इजरायलको संलग्नता हुनसक्ने बताइएको छ।

हमासका अनुसार इरानका नवनिर्वाचित राष्ट्रपति मसुद पेजेस्कियानको उद्घाटन समारोहमा सहभागी हुन तेहरान पुगेका हानियालाई आवसमै आक्रमण गरिएको थियो। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) का अनुसार हानियासँगै उनका एक सुरक्षाकर्मी पनि मारिएका छन्।

इरानको सरकारी मिडियाले पनि हानियाको मृत्यु भएको पुष्टि गरेको छ। इस्माइल हानिया हमासको राजनीतिक ब्युरोका प्रमुख थिए भने उनी प्यालेस्टिनी प्राधिकरणको दसौँ सरकारका प्रधानमन्त्री थिए। हाल धेरै जसो कतारमा रहेर उनले अन्तर्राष्ट्रिय समुदायसँग वार्ता र छलफलमा सहभागिता देखिँदै आएको थियो।