पिपलको रुख ढल्दा सडक अवरुद्ध


काठमाडौं ।

गएरातिदेखि परेको अविरल वर्षाले ललितपुरको महालक्ष्मी नगरपालिका ८ स्थित ग्वार्को–लाँकुरी भञ्ज्याङ सडकअन्तर्गत लुभुमा एकै स्थानमा दुई ओटा पिपलका रुख ढलेका छन्।

पिपलका रुख ढलेपछि त्यहाको सडक अवरुद्ध भएको छ। अहिले नेपाली सेना, र स्थानीयको सहयोगमा उक्त रुख हटाई सडक खुलाउने काम भइरहेको छ।