समाजमा योगदान दिने व्यक्तिलाई सम्मान गर्दै लायन्स क्लब अफ काठमाडौं


काठमाडौं ।

सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई लायन्स क्लब अफ काठमाडौं कर्पोरेट नेपालले सम्मान गर्ने भएको छ।

लायन्स क्लबले समाजका विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरूलाई सम्मान गर्ने उद्देश्यले साउन १९ गते शनिबार लायन्स कर्पोरेट सोसल अवार्डको चौथो संस्करण आयोजना गर्न लागेको हो ।

क्लबका अध्यक्ष लायन रमेश प्रसाद रुपाखेतीले मंगलबार एक विज्ञप्ति जारी गर्दै यही साउन १९ गते शनिबार अवार्ड गर्न लागिएको जानकारी दिएका हुन्।

अवार्ड कार्यक्रम बिहान ११:३० बजेदेखि एलिस कन्फीरेन्स, पुलचोक ललितपुरमा हुने अध्यक्ष रुपाखेतीले जानकारी दिए। लायन्सले निरन्तर रूपमा तीन वर्षदेखि लायन्स कर्पोरेट सोसियल अवार्ड आयोजना गर्दै आएको छ।