अभिनेता जोशी सम्मानित


काठमाडौं ।

अभिनेता पवन जोशी राजधानीमा सम्मानित भएका छन्। ५३ वर्षदेखि कला क्षेत्रमा सक्रिय जोशीलाई लहना मिडियाले हालै उनको ६८ औं जन्मदिनको अवसर पारेर पवन जोशी एकल सा“झ आयोजना गरी सम्मान गरेको हो।

कार्यक्रममा जोशीलाई प्रमुख अतिथि वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनलगायतले सम्मान गरे। विभिन्न फिल्म, भिडियो फिल्म र टेलिफिल्ममा अभिनय तथा नाटक, नेपाल भाषाका फिल्म, भिडियो फिल्म र म्युजिक भिडियोको निर्देशन गर्दै आएका जोशीले सयभन्दा बढी गीत रचना गरेका छ।

अनिल महर्जनको संगीत र सरिता महर्जनको स्वरमा जोशीले रचना गरेको मोहनी तःस्ये छंगु लिउ लिउ अर्थात् मोहनी राखेर तिम्रो पछि पछि बोलको गीतबाट शुरू भएको कार्यक्रममा प्रवेशमान शाक्य, सोनी राजभण्डारी, सतिश महर्जन, रत्नशोभा महर्जन, कृष्ण महर्जन, सरस्वती मानन्धर, स्वतन्त्र महर्जन, सरिता महर्जन, राजेन्द्र शाक्य, अगिना तण्डुकार, अनिल तुलाधर, शुद्धलक्ष्मी श्रेष्ठ, जयसिद्धिलक्ष्मी बज्राचार्यलगायत गायकगायिकाले जोशीद्वारा रचित गीत प्रस्तुत गरेका थिए।

त्यस्तै ,आराध्यालक्ष्मी खड्गी, अनु महर्जन, किशोर शाही र मीरा डंगोलले जोशीबाट रचित गीतमा नृत्य प्रस्तुत गरेका थिए।
२०२७ सालमा कीर्तिपुरमा देखाइएको हकदारनामक डबलीनाटक (दबू प्याँख) बाट कला क्ष्ँेत्रमा प्रवेश गरेका जोशीले सम्मान र एकल सा“झले कला क्षेत्रमा सक्रिय रहन थप उत्साहित तुल्याएको बताए।