मिस्टर नेपालमा ३९ प्रतिस्पर्धी


काठमाडौं ।

मिस्टर नेपाल २०२४ को अन्तिम स्पर्धाका लागि ३९ जना छानिएका छन्। प्रतियोगिताका लागि उपत्यकाबाहिर र भित्र गरी दुई चरणमा अडिसन गरिएको थियो। युवाहरूलाई सहभागिताको अवसर प्रदान गर्दै उत्कृष्ट प्रतिभा चयन गर्न देशभर अडिसन गरिएको आयोजकले जानकारी गराए।

प्रतियोगिताको शीर्ष विजेताले मिस्टर वल्र्ड २०२४ वा मिस्टर ग्लोबल २०२४ मा नेपालको प्रतिनिधित्व गर्न सक्नेछन्। प्रतियोगिताको छनोट चरणको अडिसनबाट छानिएका प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धाको तयारीकक्षा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायत दर्जन बढी विषयको प्रशिक्षण दिइने आयोजकले जनाएका छन्।