आफ्नै भवनमा सर्‍यो शास्त्रीय संगीत समाज


काठमाडौं ।

शास्त्रीय संगीतकर्मीहरूको संगठन नेपाल शास्त्रीय संगीत समाज आफ्नै भवनमा सरेको छ। गायिका संगीता प्रधान अध्यक्ष रहेको संस्थाको त्रिपुरेश्वरस्थित भवनको हालै विधिवत रूपमा शुभारम्भ गरिएको छ।

समारोहमा संस्थापक अध्यक्ष ध्रुवेशचन्द्र रेग्मी, निवर्तमान अध्यक्ष धनबहादुर गोपाली, पूर्वाध्यक्ष्य ज्ञानुराधा गोर्खालीलगायतले संघ स्थापना र वर्तमान अवस्थासम्म ल्याई पुर्‍याउन गरिएको संघर्षबारे चर्चा गरेका थिए। समजकी अध्यक्ष प्रधानले विगतमा आफ्नै भवन नभएकाले समाजले असहज परिस्थिति गुजारे पनि अबका दिन सरल हुने विश्वास व्यक्त गरिन्।

समारोहमा २०५५ सालमा सालमा स्थापना भएको समाजको स्थापनाकालदेखिका आजीवन सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो