कलेज ड्रपआउट बिल गेट्स, ३१ वर्षमै बने अर्बपति


प्रायः सबैको जीवनमा दुःख र निराशाको क्षण आउँछ । तर, सफल व्यक्ति भन्छन्, ‘अगाडि बढ्ने प्रयास गर्नेहरूका लागि असफलता सफलताको एउटा रूप हो । त्यसको सामना गर्न तयार हुनुपर्छ ।’

धेरैलाई थाहा छ केही वर्षअघिसम्म संसारका सबैभन्दा धनी व्यक्ति बिल गेट्स थिए । उनी माइक्रोसफ्ट कम्पनीका संस्थापक हुन् । उनको जन्म २८ अक्टोबर १९५५ मा अमेरिकाको वासिंटनस्थित माध्यम वर्गीय परिवारमा भएको थियो । उनका बुबा विलियम एच गेट्स वकिल थिए भने आमा मेरी म्याक्स वेल शिक्षिका थिइन् । उनका दुई दिदीबहिनी पनि थिए । बुबाले उनलाई आफूजस्तै वकिल बनाउन चाहन्थे । तर, उनको रुची कम्प्युटरतिर थियो ।
कम्प्युटर प्रविधिमा बिलको रुची १३ वर्षको उमेरमै देखिन थाल्यो। १३ वर्षको उमेरमा टिक–ट्याक–टोनामक कम्प्युटर गेम सिर्जना गरेका थिए । यद्यपि, त्यो असफल भयो ।

सन् १९७० मा १५ वर्षीय बिलले आफ्ना साथी पॉल एलेनसँग मिलेर सिएटल सहरको ट्राफिक ढाँचा अनुगमन गर्नसक्ने कार्यक्रम बनाए, जसले शहरको यातायात प्रणाली सुधार गर्न मद्दत ग¥यो । यो कार्यक्रमको नाम ट्राफ–ओ–डेटा थियो। यसबाट बिल गेट्स र उनका साथीले २० हजार डलर प्राप्त गरेका थिए । जुन उनको पहिलो कमाइ थियो ।

कम्प्युटर प्रोग्रामिङमा बढी ध्यान दिएका बिलले १९७३मा स्कुलको स्याट परीक्षामा १६०० पूर्णांकमा १५९० अंक प्राप्त गरेर चकित पारे । उनी बुबाको चाहनाअनुरुप कानुन पढ्न हार्वर्ड विश्वविद्यालयमा भर्ना भए । तर, उनको ध्यान कम्प्युटर प्रोग्रामिङतिरमात्रै केन्द्रित भएकाले अन्ततः उनले कानुनको अध्ययन अधुरो छोडे । बिल गेट्स हार्वर्ड कलेज ड्रपआउट विद्यार्थी हुन् ।

माइक्रोसफ्ट कम्पनी शुरू हुनुभन्दा एक वर्षअघि बिल गेट्स र एलेनले अल्टेयर ८८०० कम्प्युटरबारे जानकारी पाएका थिए । यो कम्प्युटर एड रोबर्ट्स कम्पनीले बनाएको थियो । यस कम्पनीका मालिक एड रोबर्ट्सले आफ्नो कम्प्युटर चलाउनसक्ने सफ्टवेयर बनाउन चाहन्थे । र यसका लागि तिनीहरू कम्प्युटर प्रोग्रामिङको मास्टर खोजिरहेका थिए ।

उनले तुरुन्तै अल्टेयर कम्प्युटर निर्माण गर्ने कम्पनीलाई सम्पर्क गरे । सन् १९७५ मा बिल र एलन आफ्नो सफ्टवेयर परीक्षण गर्न अल्टेयर बनाउने कम्पनीमा गए । त्यो सफ्टवेयर अल्टेयरमा स्थापित भयो, यसले राम्रोसँग काम गर्न थाल्यो । यो सफलताले दुवैलाई ठूलो सम्मान दियो । जसले गर्दा ती दुवैले फेरि कहिल्यै नरोकिने निर्णय गरे ।

माइक्रोसफ्टको स्थापना

१३ वर्षको उमेरमा कम्प्युटर प्रोग्रामसँग खेल्न थालेका बिल गेट्सले १८ वर्षको उमेरमै कम्प्युटरको पूर्ण ज्ञान हासिल गरिसकेका थिए । अल्टेयर ८८०० चलाउनसक्ने सफ्टवेयर निर्माणमा सफलता हासिल गरेपछि बिल गेट्सले साथी पल एलेनसँग मिलेर माइक्रोसफ्ट स्थापना गरी एड रोबर्ट्स कम्पनीसँग काम गर्न थाले ।

एमएस–डस आईबीएम

सन् १९८० मा माइक्रोसफ्टले प्रसिद्धि हासिल ग¥यो । त्यतिबेलाको सबैभन्दा ठूलो कम्प्युटर निर्माता आईबीएमले माइक्रोसफ्टलाई आफ्नो व्यक्तिगत कम्प्युटरका लागि सफ्टवेयर बनाउन अनुरोध गरेको थियो । बिल र एलनले यस कम्पनीका लागि नयाँ सफ्टवेयर माइक्रोसफ्ट एमएस–डस बनाए । जसले आईबीएम पिसी चलाउन सक्छ ।

त्यसबेला आईबीएमजस्तै अन्य कम्प्युटर निर्माण कम्पनी पनि बजारमा आए र माइक्रोसफ्टले उनीहरूलाई पनि आफ्नो सफ्टवेयर बेचे । र माइक्रोसफ्ट संसारमा सबैभन्दा ठूलो सफ्टवेयर बनाउने कम्पनीको रूपमा स्थापित भए । सन् १९८३ सम्ममा माइक्रोसफ्टको कारोबार ४ मिलियन डलरबाट बढेर १६ मिलियन डलर पुगेको थियो । माइक्रोसफ्टको सफलतासँगै बिल गेट्स २८ वर्षको उमेरमा सफल व्यवसायीको रूपमा उभिए ।

३१ वर्षको उमेरमै अर्बपति

५–६ वर्षको अन्तरालमै माइक्रोसफ्ट विश्वभर चर्चित भएको थियो । त्यस समयमा ३० प्रतिशतभन्दा बढी कम्प्युटर माइक्रोसफ्टद्वारा निर्मित सफ्टवेयर चलाउथ्ये । माइक्रोसफ्टले पाएको सफलतासँगै बिलको आम्दानी पनि बढ्न थाल्यो। ३१ वर्षको उमेरमा बिल गेट्स विश्वको शीर्ष धनीहरूको सूचीमा सामेल भए । उनलाई त्यतिबेला सबैभन्दा कान्छो अर्बपतिको रूपमा हेरिएको थियो ।

पढाइका क्रममा बिलले आफ्ना एक शिक्षकलाई भनेका थिए, ‘म ३० वर्षको उमेरमा करोडपति बन्छु ।’ तर उनी ३१ वर्षमा अर्बपति बने ।