दुई वर्ष पुग्नभन्दा एक घण्टा अगाडि नै मैले राजीनामा दिन्छु : प्रधानमन्त्री ओली


काठमाडौँ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष पुग्नभन्दा एक घण्टा अगाडि नै आफूले पदबाट राजीनामा दिने बताएका छन्।

विभिन्न मन्त्रालयका सचिवहरूलाई निर्देशन दिने क्रममा उनले यस्तो बताएका हुन्। त्यस अवधिमा ढुक्क भएर काम गर्न उनले निर्देशन दिएका छन् ।

‘यो सरकार मेरो नेतृत्वमा दुई वर्ष चल्ने हो। दुई वर्ष पुग्नभन्दा एक घण्टा अगाडि नै मैले राजीनामा गरिसक्या हुन्छु। गर्छ कि गर्दैन भन्ने कुनै दुविधा हुँदैछ। त्यसपछि शेरबहादुर देउवाजीको नेतृत्वमा चुनावसम्म जाने हो। यसमा ढुक्क भए हुन्छ।’

उनले ठूला पार्टीहरूले बुझेर बनाएको सरकार भएकाले सरकार ढलपल पनि नहुने दाबी गरे।

‘ठूला पार्टीहरूले बुझेर बनाएको सरकार हो। यो सरकार ढल्ने त के ढलपल नि हुँदैछ। यो स्थायित्व भएको सरकार हो।’

शान्ति सुव्यवस्था कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र जनतालाई सकेसम्म सुविधायुक्त ढंगले सेवाहरू उपलब्ध गराउने तरिकाले काम गर्ने भन्दै ढुक्कले काम गर्न सचिवहरूलाई निर्देशन दिए।