भारतको केरलामा भीषण पहिरो, ४५ जनाको मृत्यु


काठमाडौं ।

भारतको केरला राज्यमा भीषण पहिरो जाँदा ४७ जनाको मृत्यु भएको छ ।केरलाको वायनाड जिल्लामा मंगलबार बिहान पहिरो जाँदा कयौं बेपत्ता भएको बीबीसीले जनाएको छ ।

केन्द्रिय र प्रदेशीय सरकारले पहिरोमा परेकाहरूको उद्धार र खोजीकार्य गरी रहेको छ । तर पुलहरू भत्केको र ठूलो पानी परिरहेकाले उद्धारमा समस्या भएको छ ।

प्रदेश स्वास्थ्यमन्त्री विना गोरेजका अनुसार ७० जना घाइतेको उपचार भइरहेको र १०१ जनाको उद्धार गरिएको छ।

भीषण पहिरोले केरलाका चार वटा गाउँ प्रभावित भएका छन् । फरक फरक स्थानमा कम्तीमा तीन ठूला पहिरो गएको स्थानीयले बताएका छन् । अहिले पनि त्यहाँ लेदो, ढुङ्गामाटो बगिरहेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परेर ज्यान गुमाएकाहरूको परिवारलाई २ लाख रुपियाँको राहत दिने घोषणा गरेका छन्। यसबाहेक घाइतेहरूलाई जनही ५० हजार भारु दिने घोषणा गरिएको छ।