गागाले फ्रान्सका प्रधानमन्त्रीलाई फियोन्से चिनाएपछि …

140
Shares


गागाले पेरिस ओलम्पिक २०२४ को शुभारम्भ समारोहमा प्रस्तुति दिन हालै फ्रान्स पुगेकी हलिउड स्टार लेडी गागाले फ्रान्सेली प्रधानमन्त्री ग्रेबियल एटललाई आफ्नो फियोन्से माइकल पोलान्सकी चिनाएकी छन्।

गागाले आइबार चार वर्षदेखिका प्रेमी पोलान्स्कीलाई प्रधानमन्त्रीका साथ चिनापरिचय गराएकी हुन्। सो भिडियो ग्रेबिएलको टिकटकमा भाइरल भएको छ।

आफ्नो सम्बन्धलाई गोप्य राख्न खोज्ने गागाले यसरी सार्वजनिकरूपमा प्रेमीलाई चिनाएपछि उनको विवाह अब छिट्टै हुने चर्चा चलेको छ। गागा र प्रविधि उद्यमीसमेत रहेका पोलान्सकी सन् २०२० मा सुपर बाउल सप्ताहन्तमा भेट भएका थिए।

गागाले बेलाबेलामा पोलान्स्कीस“गका फोटो सार्वजनिक गर्दै आइरहेकी छन्।