तीजलाई सारीको आँचल


गायकगायिका शिव केसी र विष्णु क्षेत्रीको स्वरमा तीज गीत सारीको आँचल सार्वजनिक गरिएको छ।

दोहोरी शैलीको सो गीतको भाकाले नजिकिँदै गएको तीजको माहोलको आभाष दिलाउँछ। छमछमी नाच्न मिल्नेगरी सिर्जना गरिएको गीतमा विशाल क्षेत्रीको शब्द र संगीत रहेको छ।

गीतलाई लिएर तीजको माहोल झल्काउनेगरी रमाइलो भिडियोसमेत निर्माण गरिएको छ। जीवनकुमार ज्ञवालीको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा अर्जुन सापकोटा र अस्मिता रानापालको नृत्य तथा अभिनय रहेको छ।

सूर्य खड्का युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा दुर्गा पौडेलको छायांकन र नवीन घर्तीमगरको सम्पादन रहेको छ।