यल नेवाः समाजलाई सहयोग गर्न तीनै तहका सरकार तयार

56
Shares

ललितपुर ।

ललितपुरका नेवाः समुदायका २१ जाति अब एउटै संरचना अटाउने गरी यल नेवाः समाज स्थापना भएको एक वर्ष पूरा भई दुई वर्षमा प्रवेश गरेको छ ।

विशेषतः पाटनलाई मुख्य कार्यक्षेत्र बनाई कि्रयाशील विभिन्न जातीय समाजको संस्थागत प्रतिनिधिमूलक संगठनको रूपमा एक वर्षअघि समाजको स्थापना भएको थियो । समाजमा कर्माचार्य, कपाली, खड्गी, चित्रकार, ज्यापू, जोशी, तण्डुकार, ताम्रकार, द्योला, नकर्मी, नापित, वँद्यकार, बाराही, बौद्ध विहार संघ, रजक समाज, रञि्जतकार समाज, राजोपाध्याय, स्यःस्यः, सिकःमी र शिल्पकार समाज आबद्ध रहेको छ । नेवाः समाजको एक वर्षयताको गतिविधिले हामी नेवाः भन्ने साझा भावनालाई वृदि्ध गर्न टेवा पु¥याएका छन् ।

नेवाः समुदायभित्रको आआफ्नो जातिको घेरामा संगठित भइरहेको सि्थतिमा समयको मागअनुरूप स्थापना भएको यस समाजले नेवाः भित्रको विविधतालाई समेटिएको साझा मञ्चले मात्र अब नेवाःको समग्र हितको मुद्दा उठाउन सकिने भाष्य निर्माण गरेको धेरैको कथन रहेको छ ।

गाबहालसि्थत कुमारीपार्टी प्यालेसमा आयोजित एक समारोहमा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहदेखि ललितपुर क्षेत्र नं २ (ख) बाट वागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने रामकृष्ण चित्रकारदेखि ललितपुर महानगरपालिकाका उपमेयर मञ्जरी शाक्यसम्मको सोही विषयमा जोड रह्यो । नेवाःसमाज नेवाःभित्रको विविधतालाई एकति्रत गर्ने बलियो मञ्चका रूपमा विकसित गर्नुपर्नेमा सबैले जोड दिएको थियो । उपप्रधानमन्त्री सिंहले नेवाः समाजलाई जीवन्त र अझ कि्रयाशील बनाउनुपर्नेमा जोड दिँदै त्यसका लागि सरकारले यथासक्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वागमती प्रदेश सभाका सदस्य चित्रकारले त नेवाहरू मिल्न नसक्ने हो भने राजनीतिक, प्रशासनिकलगायत अधिकार प्रापि्तको क्षेत्रमा पछाडि पर्ने ठोकुवा गर्नुभयो । उपमेयर शाक्यले नेवाःभित्रको विविधतालाई समेटिएर आपसी एकतालाई बलियो बनाउने तर्क राख्नुभयो । आफ्नो जातिभित्र चल्दै आएको संस्कार, रीतिरिवाजको संरक्षणका साथै नेवाः समुदायको हकहित, नेपाल भाषा, संस्कृति र परम्पराको जर्गेना गर्न अलग-अलग रूपमा कार्यरत ती संगठनले एकीकृत रूपमा समन्वय गर्दै अघि बढ्न समाजले काम गर्दै आएको समाजका अध्यक्ष ताम्रकारको भनाइ रहेको छ ।


नेपालभाषा मंका खलःको संयोजनमा हरेक वर्ष भिन्तुना ¥यालीको संयोजन गर्ने क्रममा, सरकारले २०७५ सालमा प्रस्तावित गरेको गुठी विधेयकविरुद्धको आन्दोलन, २०७७ साल भदौ १८ गते रातो मचि्छन्द्रनाथ पुल्चोकबाट तान्ने क्रममा भएको झडपको घटनापछि ती संगठनलाई आआफ्नो जातीय संगठनको घेराभन्दा माथि उठेर सोच्नुपर्ने, सँगै बस्नुपर्ने र मिलेर काम गर्नुपर्ने अवस्था उत्पन्न गराइदिएको अध्यक्ष ताम्रकारले बताउनुभयो ।

…विभिन्न घटनाक्रमले दिएको सन्देशलाई नबुझन्े हो भने लक्ष्य, हकहितका एजेन्डालाई सम्बोधन गराउन क्रमशः पछि पर्दै जाने सि्थति देखिएपछि सबै जाति समाज अटाउने यल नेवाः समाज गठन गरिएको होÚ –समाजका अध्यक्ष ताम्रकारले भन्नुभयो ।
विभिन्न जातीय समाजबीच पारस्परिक सद्भाव र आपसी साझेदारी गरी समन्नत बनाउने समाजको मुख्य प्र्रस्थापना रहेको छ । समाजको उद्देश्यका रूपमा ललितपुरका मूर्त र अमूर्त संस्कृति, सम्पदाको जर्गेना गर्ने, नेपाल भाषाको प्रर्वद्धन गर्ने मुख्य लक्ष्यहरू राखिएको छ ।