रातो मच्छिन्द्रनाथको रथ, जसलाई एउटा किल्ला पनि प्रयोग नगरी बनाइन्छ


काठमाडौं ।

रातो मच्छिन्द्रनाथ जसलाई करुणामय, बुंगद्यको नाउँले सम्बोधन गर्ने गरिन्छ । रातो मच्छिन्द्रनाथलाई सहकालका देवताको रूपमा हिन्दु र बुद्धधर्मावलम्बीहरूले दुवै पूजाआजा गर्दै आएका छन् । काठमाडौं उपत्यकामा लामो समयम्म खडेरी परेपछि भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका तानि्त्रक बन्धुदत्त आचार्य, ललितपुरका ललित …ज्यापू मिलेर भारतको कामरूप कामाक्षा (आसाम) बाट रातो मच्छिन्द्रनाथलाई उपत्यका ल्याइएको वंशावलीमा उल्लेख गरिएको छ भने वि.सं ६५० सालदेखि यसको रथयात्रा शुरू भएको बताइन्छ ।

रातो मच्छिन्द्रनाथको रथयात्रा काठमाडौं उपत्यकाका मात्र नभई नेपालको सबैभन्दा लामो जात्राका रूपमा लिइएको छ । यसको रथयात्रा हरेक वर्ष वैशाख शुक्ल औंसीको भोलिपल्ट अर्थात् प्रतिपदाको दिन पुल्चोकमा राखिएको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराइएको चार दिनपछि शुरू हुने गर्दछ । जावलाखेलमा भोटोजात्रा देखाइएपछि यस रथयात्राको समापन हुने गर्दछ । रथयात्रा शुरूदेखि भोटोजात्रासम्मको अवधि कम्तीमा डेढ महिनादेखि बढीमा साढे पाँच महिनासम्मको हुने गर्दछ । रथयात्रा सबैभन्दा रोमाञ्चकारी रहेको छ ।

–रातो मच्छिन्द्रनाथको रथ ३२ हात अर्थात् ६० फिट उचाइको रहेको छ । रथ चैत्र कृष्ण प्रतिपदादेखि वैशाख शुल्क प्रतिपदाको दिन अर्थात् १५ दिनभित्रमा रथ तयार गरिन्छ ।

–रातो मच्छिन्द्रनाथको रथ बनाउने क्रममा बोसीहरूले काठ काट्ने गर्दछन् । काठको काम पाटनका वाराहीहरूले गर्छन् । बाराहीहरू रातो मच्छिन्द्रनाथसँगै भारतको आसामबाट काठमाडौं ल्याएको कथन चलनचल्तीमा रहेको छ ।

–रथका लागि आवश्यक विभिन्न साइजका काठहरू नापजाँच गर्ने, काठ तयारी गर्ने र रथमा मिलाएर राख्ने काम उनीहरूको हो । त्यसपछि यवालहरूको काम शुरू हुन्छ । यँवाल भन्नाले पाटनका महर्जन र डंगोलहरू हुन् । उनीहरूको पाटनमा निशि्चत गुठी छ । यही गुठियारका यवालहरूले मात्रै यो काम गर्न पाउँछन् । मच्छिन्द्रनाथरथ किल्ला र काँटी प्रयोग नगरी बनाइएको हुन्छ । यँवालहरूले बेत र डोरीले कसेर बलियो बनाउँछन् । रथलाई साझसज्जा गर्ने काम पनि यँवालहरूले नै गर्दछन् ।

–रथलाई निशि्चत रुटबाट गन्तव्यमा पु¥याउने जिम्मेवारी भने घःकुहरूको हुन्छ । उनीहरूले काम दिशानिर्देश गर्ने, रथ गुडाउने क्रममा कतै ढलि्कएमा मिलाउने, कुन दिशातिर तान्ने हो त्यसको निर्देश गर्ने र रथ रोक्नका लागि ब्रेक लगाउने जस्ता काम गर्ने हो ।

–रातो मच्छिन्द्रनाथको रथको भार करिब १५ टनभन्दा बढी रहेको छ भने रथ बनाउन काठ, डोरी, बेतबाहेक एउटा पनि किल्लाको प्रयोग गरिँदैन । बेलाबखत रथ ढल्दाखेरी २० टन उठाउन सक्ने क्रेनले मात्र मच्छिन्द्रनाथको रथलाई उठाउने गरेकाले पनि यसको भार करिब १५ टन रहेको अनुमान गरिएको हो ।

–रथका निर्माणका लागि ६ प्रजातिका काठहरू आवश्यक पर्छ । रथको पांग्रा, टुप्पो भाग बायम्वः, तोरण, लसां लागि सान्दान जातको काठ प्रयोग हुन्छ । यो काठ अमलेखगञ्ज, चितवन र मकवानपुरबाट ल्याइन्छ । रथको जगको रूपमा तल्लो भागमा राखिने धोमा पासा, मलासी, माथिल्लो भागको खट, थामंको लागि फलाट जातको काठबाट बनाइन्छ । यो गोदावरीको जंगलबाट ल्याउने गरेको छ । रथको चार कुनामा रहेको थाम लाकुरी जातको काठबाट बनाइन्छ । यो काठ गोदावरीको जंगलमा पाइन्छ ।

–त्यस्तै, रथको पांग्राभन्दा माथि राखिने बांगो र लामो ठूलो काठ धमा राखिन्छ । धमा सउरको काठबाट बनाइन्छ । ब्रेक लगाउन प्रयोग गरिने घः मयलको जातको काठबाट बनाइन्छ भने त्यसलाई समाउनका लागि आरूको रूखबाट बनेको काठ प्रयोग गरिन्छ । रथका लागि चाहिने बेत नेपालमा पाइँदैन । गुठी संस्थानले बेत भारतको आसामबाट झिकाउने गरेको छ ।

–आजकल रथ निर्माण गर्दा पुल्ली र टुचिन प्रयोग गर्न थालिएको छ । मच्छिन्द्रनाथको रथ निर्माणको क्रममा उहिले काठको मात्रै प्रयोग गरिन्थ्यो । यसरी काठमा मात्रै प्रयोग हुँदा रथ भाँचिने, ढल्ने र दुर्घटना हुन गई जात्रालुहरूको मृत्युसमेत भएपछि निशि्चत ठाउँहरूमा ढलौटको प्रयोग गरिएको थियो । पछिल्लो समय २०३६ सालबाट फलाम प्रयोग गरिएको थियो ।

–रातो मच्छिन्द्रनाथ एकमात्र यस्तो देवतालाई हुन्, जसलाई विराजमान गराउन पाटनको तबहाल र बुंगमतीमा गरी दुईवटा मनि्दर बनाइएको छ । दुईवटा मनि्दरमा करिब ६-६ महिना फरक पारेर रातो मच्छिन्द्रनाथलाई राखिन्छ ।