मन्त्रिपरिषद् बैठक: १८ देशमा राजदूत सिफारिस, पाँच देशका फिर्ता


काठमाडौँ।

सरकारले १८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्तिका लागि सिफारिस गर्ने र केही देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो ।

भारतमा राजदूत शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय भएको छ । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई भने फिर्ता बोलाइएको छ । उनको स्थानमा कृष्णप्रसाद ओलीलाई सिफारिस गरिएको छ।

बैठकले भारत र चीन सहित संयुक्त राज्य अमेरिका, रुस, संयुक्त अधिराज्य बेलायत, अस्ट्रेलिया, पाकिस्तान, दक्षिण कोरिया, कतार, दक्षिण अफ्रिका, डेनमार्क, साउदी अरब, मलेसिया, इजरायल, जर्मनी, पोर्चुगलका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

यस्तै अस्ट्रेलिया, चीन, श्रीलंका, दक्षिण अफ्रिका, रसियाका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिएको छ ।