काठमाडौँमा युवती मृत अवस्थामा फेला


काठमाडौं।

काठमाडौँमा एक युवती मृत अवस्थामा फेला परेकी छन्।

काठमाडौं महानगरपालिका-१६ मैपीस्थित कबिता दाहालको घरमा धादिङ निलकण्ठ नगरपालिका-६ घर भएकी २२ वर्षीया सुनिता दर्जी सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।