हरि र शान्तिश्रीलाई विस्ताराले पोल्यो


काठमाडौं ।

गायकगायिका हरि गिरी विमर्शी र शान्तिश्री परियारको स्वरमा विस्ताराले पोल्यो बोलको गीत हालै सार्वजनिक गरिएको छ।
हरिकै शब्द रचना र संगीत रहेको आइटम गीत हरि गिरी विमर्शी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

सञ्चिता बोलाखे र रमेश विश्वकर्माको नृत्य र अभिनय रहेको गीतको भिडियोमा कामुक हाउभाउ र दृश्य समावेश गरिएको छ।
रामजी लामिछानेको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा अजय रेग्मीको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ।