आराध्य र दीक्षा नेशन्स् गट ट्यालेन्ट


काठमाडौं ।

गायन र नृत्यको टेलिभिजन रियालिटी शो नेसन्स् गट ट्यालेन्ट केही अघि सम्पन्न भएको छ। देशभरका ८ देखि १३ वर्षका सहभागी नेशन्स गट ट्यालेन्टमा नृत्यतर्फ आराध्य महर्जन विजयी हुँदा दीपशिखा कार्की फस्ट, साम्रगी पन्थी सेकेन्ड, आयु खत्री थर्ड र मोनालिषा धामी फोर्थ रनर्सअप भए।

त्यसैगरी गायनतर्फ दीक्षा उप्रेती विजयी भइन् भने अप्सानी डंगोल फस्ट, अर्पण विश्वकर्मा सेकेन्ड, रितिन झा थर्ड र युमी राई फोर्थ रनर्सअप भए। रियालिटी शोका दर्शकको भोटका आधारमा विजयी घोषणा गरिएको थियो ।

रियालिटी शोमा देशका प्रमुख स्थानबाट गायन तथा नृत्य विधाका सयौँले अडिसन दिएका थिए। त्यसमध्ये निर्णायक मण्डलको निर्णयको आधारमा उत्कृष्ट २६ छनोट गरी दुवै विधाबाट १६–१६ जना अर्को चरणमा प्रवेश गरेका थिए। निर्णायकको निर्णयको आधारमा १२ प्रतिस्पर्धीको प्रिमियर राउन्ड घोषणा गरिएको थियो। रियालिटी शोको गायन विधामा गायक आनन्द कार्की र गायिका देविका बन्दना तथा नृत्य विधामा अभिनेत्री तथा नृत्यांगनाद्वय मिथिला शर्मा र गौरी मल्ल निर्णायक रहेका थिए।

एचडी च्यानल एपी–१ टेलिभिजनबाट प्रसारित रियालिटी शो भोलिका लागि गायन र नृत्य क्षेत्रका लागि उदयीमान प्रतिभाको सम्भावना खोज्नु रहेको शोका प्रोजेक्ट हेड तथा निर्देशक लबबहादुर कार्कीले बताए। कार्यक्रम हाँस्य कलाकार दमन रुपाखेती र प्रनिमा दहालले सञ्चालन गरेका थिए।