सुनसरीको बबियाबाट १ सय १६ के.जी. गाँजासहित दुई जना पक्राउ


काठमाडौं ।

सुनसरी जिल्लाको ईनरुवा नगरपालिका–९ बबिया चोकबाट साउन १३ गते सशस्त्र प्रहरीले करीव १ सय १६ के.जी. गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा जिल्लाको साघुँरीगढी गाउँपालिका–१ बुढीमोरङ्ग बस्ने ३२ वर्षीय राम कुमार राई र २२ वर्षीय बुद्ध लिम्बु छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नंं. ४ गण सुनसरीले नियन्त्रणमा लिएको हो । विशेष सुचनाको आधारमा सो गणबाट खटिएको सुरक्षा फौजले धनकुटाबाट प्रदेश नं. १–०२–००२ च ६८८३ नम्बरको टाटा सफारी गाडीमा लोड गरी सुनसरीतर्फ ल्याउँदै गरेको गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ गरेका दुवै जनालाई बरामद गाँजा तथा गाडीसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय ईनरुवा सुनसरीमा बुझाईएको छ ।