शाहरुख जसका छन्

चन्द्रमामा जग्गा किनिदिने फ्यान


बलिउडका किङ खान अर्थात् शाहरुख खानको बलिउडमा मात्र नभई संसारभर करोडौें फ्यान छन्। सन् १९६२ मा भारतको दिल्लीमा जन्मिएका उनले १९८० को दशकबाट टेलिभिजनमार्फत अभिनय शुरू गरेका थिए। फिल्म दिवानाबाट ठूलो पर्दामा डेब्यू गरेका शाहरूखको फिल्म क्षेत्रमा कोही थिएन। उनले कला क्षेत्रमा आउने बाटो क्षमता र बलबुताले पहिल्याएका थिए। शाहरुखलाई फिल्म क्षेत्रमा आउन सहयोग गर्ने श्रेय बलिउडकी ड्रिमगर्ल हेमा मालिनीलाई जान्छ। जसले फिल्म दिल आशना हेबाट शाहरुखलाई ल्याएकी थिइन्। तर शाहरुखलाई सुपरस्टार बनाउने श्रेय अरमान कोहलीलाई जान्छ। शाहरुखका बारेमा केही रोचक प्रसंग यहाँ उपलब्ध छन् :

-शाहरुखको शुरूको कमाइ ५० रुपियाँमात्रै थियो। उनले गायक पंकज उधासको सांगीतिक कार्यक्रममा प्रबन्धकको रूपमा काम गरेर ५० रुपियाँ पाएका थिए। त्यो कमाइले शाहरुख आगराको ताजमहल हेर्न गएका थिए।

-शाहरुख संख्याशास्त्रमा विश्वास गर्छन्। त्यसैले उनका नजिकका कर्मचारी, परिवार र उनको कारको नम्बर प्लेटमा पाँच र आठको विशेष संयोजन छ।
-शाहरुखलाई विद्यालयमा पढ्ने बेलामा शुल्क नतिरेका कारण स्कुलबाट निकँलिदिने धम्कीपूर्ण पत्र आउने गर्दथ्यो। उनी भन्ने गर्छन् मैले धेरै गरिबी देखेको छु, मलाई पैसाको लालच छैन।

-शाहरुख खान १५ वर्षका हुँदा उनका पिता क्यान्सरका कारणले बितेका थिए। ग्रिबीका कारणले उनीहरूले पितालाई आवश्यक उपचार गराउन पाएका थिएनन्। उनै शाहरुख सन् २०२४ मा सात सय ३० मिलियन अमेरिकी डलरसहित पाँच धनी स्टारको सूचीमा रहेका छन्।

-इन्डियन एक्सप्रेसका अनुसार एक अस्ट्रेलियाली महिलाले हरेक वर्ष शाहरुखका लागि चन्द्रमामा एक टुक्रा जग्गा किनिदिने गर्छिन्। शाहरुखले प्रत्येक वर्ष लुनार रिपब्लिक सोसाइटीबाट प्रमाणपत्र प्राप्त गर्ने गर्छन। उनले ती फ्यानस“ग भेटेर र इमेलमार्फत पनि कुराकानी गर्ने गर्छन्।

-शाहरुख मुम्बईस्थित बान्द्रामा रहेको बंगला मन्नतमा बस्छन्। सन् १९१४ मा बनेको सो बंगला उनले पत्नी गौरीको जन्मदिनमा उपहारस्वरुप खरिद गरेका थिए। जसको बजार मूल्य २ सय करोड रहेको छ। जुन भारतको मंहगो घरमध्ये एक हो।

-शाहरुखको परफ्युम र कोलिन संकलन गर्ने शोख छ। उनी विभिन्न खालका परफ्ूयम संकलन गर्छन्। जसका लागि उनले छुट्टै कोठाको व्यस्था गरेका छन्। उनी जुत्तामा पनि विशेष लगाव राख्छन्। उनले विभिन्न ब्रान्डका जुत्ता र चप्पलको संग्रह गरेका छन्।

-ख्यातिप्राप्त अभिनेता भएर पनि उनी बाहिरको खानेकुरा सकेसम्म खाँदैनन्। त्यसको सट्टा उनी घरमै पकाएको खानेकुरा खान रुचाउँछन्।
-शाहरुखको आफ्नै क्रिकेट टिम छ। जसको नाम कोलकाता नाइट राइडर्स हो।

-शाहरुख सहयोगी र परोपाकरी छन्। उनले मुम्बईंको नानावती अस्पतालमा बालबालिकाको क्यान्सर वार्ड बनाउन ठूलो आर्थिक सहयोग गरेका थिए। उनी दाया“ हातले परोपकार गर्दैछन भने देब्रे हातले थाहा पाउन हु“दैन भन्ने मदर टेरेसाको सिद्धान्तलाई पछ्याउँछन्। उनले वार्षिकरूपमा ठूलो रकम परोपकारमा खर्चे पनि यसबारेमा कहिल्यै बोल्दैनन्।

फिल्ममा आफ्नो रोमान्टिक छविका कारण शाहरुख किङ अफ रोमान्स उपनामले समेत परिचित छन्।