अडिसनबाट जन्मेको बिटीएस व्याण्ड


काठमाडौं ।

प्रसिद्ध दक्षिण कोरियाली पप ब्याण्ड बिटिएस जिन, जे–होप, भी, आरएम, जिमिन, जङ कूक र सुगा गरि सात जनाको समूह हो।

के पप विधामा तहल्का मच्चाएको यो ब्याण्ड सन् २०१३ मा स्थापना भएको थियो। बिटिएस आफूलाई दिएका गठन भएको भने होईन । बिग हिट ईन्टरटेन्मेन्ट नामक कम्पनीले सन् २०१० मा अडिसनमार्फत यसका सदस्यहरुलाई संगठित गरेको थियो। तर सूमहको अन्तिम रुप सन् २०१३ मा तय भएको थियो।

बिटिएसको फूल फर्म बुलेट प्रूफ ब्वाई स्काउट हो । बिटिएसका गीत सामाजिक आदर्श, मानसिक स्वास्थ्य समस्या, आत्महत्या, शून्यवाद, स्कुलमा हुने बुलिङ, महिला सशक्तिकरणजस्ता संवेदनशील विषयका कारण धेरैको मन छुने खालका हुन्छन् । उनीहरुको ४० मिलियन एलबम बिक्री भईसकेका छन्। सन् २०२३ मा उनीहरुले आफूहरु केहि समयका लागि सामूहिक प्रस्तुतिबाट विश्राम लिने र अलग अलग प्रोजेक्ट गर्ने निर्णय गरेका थिए ।

अमेरिकाको बिलबोर्ड हट १००को पहिलो स्थानमा उक्लन सफल बिटिएस दक्षिण कोरियाली सांगितीक इतिहासमा पहिलो ब्याण्ड हो । दक्षिण कोरियामा तन्दुरुस्त शरीर भएका १८ देखि २८ वर्षसम्मका पुरुषले २० महिना अनिवार्य सैन्य सेवा गर्नुपर्छ। जिन सैन्य सेवा पूरा गर्ने बीटीएसका प्रथम सदस्य हुन्। अरू ६ जना सदस्य जे–होप, भी, आरएम, जिमिन, जङ कूक र सुगा अझै सैन्य सेवामा छन्।

सेनामा अनिवार्य सेवा सकेर डेढ वर्षपछि यहि जुनमा फर्किएका बीटीएसका सदस्य जिनले राजधानी सोलमा आयोजित एउटा कार्यक्रममा एकै दिन एक हजार प्रशंसकहरूलाई अकंमाल गरेका थिए। ती मानिसलाई गोलाप्रथाबाट छानिएको थियो।
बिटिएसका सिईओले यसका सदस्य भीलाई एक वर्षसम्म चिनेका थिएनन्। जङ कुक १० वर्षको हुँदा डक रेस्टुरेण्टको मालिक कि त ट्याटु आर्टिस्ट बन्न चाहन्थे।

आरएमले लोकप्रिय अमेरीकन सिटकम फ्रेन्डस हेरेर अंग्रेजी सिकेका थिए। ब्याण्डमा उनी एकमात्र त्यस्ता सदस्य हुन्, जसले अंग्रेजीमा राम्रोसँग कुराकानी गर्न सक्छन्। सामाजिक सञ्जाल एक्समा आफ्नै ईमोजी पाउने बिटिएस पहिलो के पप ब्याण्ड हो।
छात्रावासमा रहँदा त्यहाँको नियम तोड्ने कुनै पनि सदस्यबाट एक हजार वोन संकलन गरिन्थ्यो। नियम तोडिरहने भएकाले तिर्नुपर्ने पैसा धेरै भएपछि उनीहरुले सो नियमबाट छुटकारा पाएका थिए। उनीहरुबाट संकलन भएको रकम प्रायः मासू र पिज्जा किन्न प्रयोग गरिन्थ्यो ।

सुगाले एक पटक भनेका थिए कि यदि उनी धनी भए भने फ्यानका लागि त्यहाँ चल्तीमा रहेको मासु किन्नेछन्। जुन दक्षिण कोरियामा आयात शुल्कको कारण निकै महंगो पथ्र्यो। उनले अफ्नो २५औं जन्मदिनको अवसरमा १९ हजार अमेरीकी डलर बराबरको मासु अनाथलाई खूवाएका थिए।

यो व्याण्डको सात सदस्यका डरका कारण आआफ्नै छन्। जिन भुत र किरादेखि डराउँछन्। जे–होप किरासँगै जनावरदेखि डराउँछन् । उनलाई विषेश गरि सर्पसँग डर लाग्छ भने आरएम हात्तीसंग निकै डराउँछन्। जिमिनलाई भने पूतली र उचाईदेखि डर लाग्छ ।

सुगा भने आफ्नो आमा बूवालाई आफूदेखि संधै गौरव गरेको हेर्न चाहन्छन र उनको सबैभन्दा ठूलो डर भनेको आफ्नो आमावूवा रिसाउँछन कि भन्ने हो।