महाकालीमा हाम फालेकी कुवर बेपत्ता


दार्चुला।

. दार्चुलामा एक महिला महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छन् । शनिबार दिउँसो सदरमुकाम खलंगास्थित रिङ्नेताल नजिकैबाट हाम फालेर महाकाली नगरपालिका–१ की २५ वर्षीया धनिसा कुँवर नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका दार्चुलाका अनुसार उनी हाम फाल्न नदीको डिलमा उभिएका बेला स्थानीयले खबर गरेका थिए। लगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले उनलाई सम्झाई बुझाई गरेका थिए। तर, नमानेपछि उनलाई समात्न सुरक्षाकर्मी गएका थिए। सुरक्षाकर्मी नजिकै पुगेका बेला कुँवरले नदीमा हाम फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। अहिले महाकालीमा बेपत्ता कुँवरको खोजी भइरहेको प्रहरीले जनाएको छ।