केराबारीमा त्रिशूलीमा हराइरहेको बस फेला परेको आशंका, सुरक्षाकर्मी पुग्दै


चितवन ।

चितवनको केराबारीमा त्रिशूलीमा हराइरहेको बस फेला परेको आशंका गरिएको छ । स्थानीयले रातो रंगको बस देखेको भन्दै प्रहरीलाई खबर गरेपछि अहिले सशस्त्र प्रहरीको टोली देवघाटबाट र प्रहरीको टोली मुग्लिनबाट सो ठाउँमा पुग्दै गरेको बताइएको छ । 

सिमलतालस्थित त्रिशूली नदीमा हराइरहेका दुई बसको खोजी कार्य जारी रहेपनि अहिलेसम्म फेला पर्न सकेको थिएन । भारतीय उद्दार टोलीले घटनास्थलमा शनिवार दिउँसो बस खोजी गर्नेक्रममा १९ किलोको चुम्बक नै पानीले बगाएको हो । 

असार २८ गते लेदोसहितको पहिरोले बगाएका दुई बस अहिलेसम्म भेटिएका छैनन् । बसमा रहेका ६२ यात्रु मध्ये अहिलेसम्म २४ जनाको शव फेला परेको छ भने अझै ३८ जनाको अवस्था अज्ञात रहेको छ ।