खोलामा डुबेर दुई किशोरीको मृत्यु


दैलेख ।

दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा १४ वर्षीया भावना बुढा र १६ वर्षीया सपनाकुमारी बुढा रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए।

बाख्रा चराउन गएका उनीहरूको शुक्रबार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो।