विमान दुर्घटना: को- पाइलटसहित पाँच जनाका आफन्तले बुझे शव


काठमाडौँ।

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये हालसम्म पाँच शव परिवारले बुझेका छन् । शुक्रबार बिहान पोस्टमार्टम सकिएपछि पहिचान भएका शवहरु त्रिवि शिक्षण अस्पताल परिसरबाट आफन्तले बुझेका हुन्।

उद्धव पुरी, अश्मिन निरौला, श्याम विन्दुकर, राजाराम आचार्य र को–पाइलट सुशान्त कटवालका परिवारले शव बुझेका छन् ।

बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए भने एक जना घाइते भएका थिए।