ओलम्पिक उद्घाटन हुनु अघि रेल संजाल प्रणालीमा आक्रमण


फ्रान्समा ओलम्पिक उद्घाटन सुरु हुनु अघि रेल संजाल प्रणालीमा आक्रमण भएको छ । फ्रान्सेली प्रधानमन्त्रीले फ्रान्सको रेल नेटवर्क संजाल प्रणाली आक्रमणको प्रभाव “ठूलो र गम्भीर” भएको बताएका छन्।

फ्रान्सेली रेलगाडी संचालनमा आक्रमण पछि पेरिस अभियोजकहरूले अनुसन्धान सुरु गरेका छन् ।

पेरिस अभियोजकको कार्यालयले शुक्रबार बताए अनुसार यसको संगठित अपराध इकाई (जुनाल्को)को समन्वयमा “जुलाई २५ देखि २६, २०२४ को रातमा एसएनसिएफका स्थललाई जानाजानी क्षति पुर्‍याएकोले अनुसन्धान सुरु गरेको छ।